आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

कपडा तथा सिलाई व्यवसायी संघको कार्यलय उद्घाटन

गाईघाट/असार, १८

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको कार्यालय शनिवार गाईघाटमा उद्घाटन गरिएको छ । देशभर ५६ ओटा भन्दा बढी जिल्लाहरुमा स्थापना भईसकेका संघहरु मध्ये उदयपुरमा पनि ०७२ सालमा स्थापना भएको थियो । गाईघाटको जगत भवनमा रहेको कार्यालयलाई संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले रिबन काटेर उद्घाटन गरे ।

जिल्लामा रहेका व्यवसायीहरुलाई संगठित, व्यवस्थित र रोजगारको सिर्जना गर्दै आत्मानिर्भरका साथ पेशाको व्यवसायीकरणका निम्ति संघ स्थापना भएको   उदयपुर शाखा अध्यक्ष ज्ञानु प्रधानले बताईन् ।

प्रधानले सम्पुर्ण व्यवसायीहरुलाई एकजुट गरी  व्यवसायीकरण तथा व्यवसायलाई सफल र सरल बनाउदै व्यवसायीहरुका हकअधिकारमासमेत भुमिका खेल्न संस्था स्थापना भएको बताईन् ।

११ जनाको कार्यसमिति रहेको संस्थाले २ सय जना भन्दा बढी संगठित गराईसकेको छ । संस्थाले तालिम पनि प्रदान गर्दै आईरहेको छ ।  आगामी दिनमा अझै प्रभावकारी तालिम र अन्य सदस्यहरुलाई समेटी संस्था र व्यवसायीहरुको विकास गर्ने जनाएको छ । उद्घाटन कार्यक्रममा केद्रिय अध्यक्ष श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष लालबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

%d bloggers like this: