सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

मृग तर्साउदा एक जनाको मृत्यु

साउन १९ गते । 

डोटीमा मृग सम्झेर हानेको गोली लागि एक जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका– ५ भाडिसैनका हरि भुलले चलाएको गोली लागी स्थानिय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

गतराति करिब १० बजे मृग ठानेर भुलले चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ । खेत बारीमा लगाएको अन्न बाली खाएर नष्ट गर्ने गरेकाले मृगले बाली खान आएको भनि भुलले चलाएको गोली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बन्दुकसहित भुललाई नियन्त्रणमा लिएको छ । पक्राउ परेको भुलले प्रहरी समक्ष दिएको बयानमा  भुलबश लुकारलाई गोली लागेको बताएको प्रहरीले जनाएको छ ।

मृतक लुहार राति किन जंगल गएको भन्ने बारेमा नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: