शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

रौतामाईका जनप्रतिनिधि, सल्लाहकार र कर्मचारीले गरे प्रभावितलाई सहयोग

उदयपुर, साउन १९ गते ।

उदयपुरको रौतामाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले विपद्मा परेका पालिकाबासीका लागि खाइपाइ आएको सेवा सुविधा कटाएर सहयोग गरेका छन् । पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले ५० हजार एकसय एक रुपैया छुट्टै सहयोग गरेका छन् ।

समग्रमा जनप्रतिनिधि, सल्लाहकार र कर्मचारीबाट ९ लाख १६ हजार छ सय एक रुपैया सहयोग जुटेको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले एक महिनाको मासिक सुविधा र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुले एकदिन वराबरको सुविधा सहयोग गरेका हुन् । निजामति, शिक्षक, स्वस्थ्य तथा विभिन्न करारका कर्मचारीहरुले सहयोग गरेका हुन् ।

पालिकाका ४३ जना जनप्रतिनिधीहरुको मासिक सुविधा वापतको ४ लाख ६६ हजार ५ सय रुपैया, करिब चारसय कर्मचारीहरुको एकदिनको करिब ४ लाख रुपैंया सहयोग गरिएको हो ।

स्थानीय विपद् व्यवस्थापन कोष स्थापना भएको र सोही कोषबाट व्यवस्थितरुपमा राहत वितरण तथा पुनः निर्माणका कामहरु हुने अध्यक्ष खड्काले बताए ।

पालिकाबासीले व्यहोर्नु परेको क्षती र असरलाई केही हदसम्म भएपनि राहत पुर्याउने उद्देश्यले आफु पनि सहयोगमा जुटेको प्रमुख सल्लाहकार रायमाझीले बताए । उनका अनुसार सिंगो देश विपद्मा परेसंगै उदयपुरको आठैवटा स्थानीय तहमा विपद्बाट प्रभावित भयो । त्यसमा रौतामाई गाउँपालिकाले पनि ठूलो क्षती व्यहोर्नु पर्यो । स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानआकर्षण हुनुपर्ने भन्दै उनले पालिकामा समानुपातिक ढंगले राहत वितरण र संरचनाहरुको पुनःनिर्माणका कामहरु हुनुपर्ने बताए । स्थानीय हुनुको नाताले पनि सहयोग गरेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खम्बराज  राईका अनुसार प्रारम्भिक विवरणबाट यसपटकको वर्षातले पालिकामा १ सय १३ घर पूर्णक्षती, ४१ घरमा आंशिक क्षती पुर्याएको छ । त्यस्तै ६३ घर अत्ति जोखिमको अवस्थामा रहेको छ भने अन्य ४५ घरमा विविधरुपले क्षती पुगेको छ ।

प्रतिक्रिया

%d bloggers like this: