सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

संखुवासभा, साउन २० गते । 

संखुवासभाको धर्मदेवीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । धर्मदेवी नगरपालिका – ३ निबासी धनराम अधिकारीको छोरा ४ वर्षीय आदित्य अधिकारीको ट्रकको ठक्करबाठ मृत्यु भएको हो ।

विहान करिब ९ः४० बजे टुटेदेउरालीबाट खाँदबारी तर्फ जादै गरेको ना ४ ख २९०० नम्बरको ट्रकले ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: