बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

एम्बुलेन्स दुर्घटनामा ४ जना घाईते

उदयपुर, साउन २१ गते ।

सुनसरीको थलाहामा विरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदा विरामी सहित चार जना घाईते भएका छन् । उदयपुरबाट सुत्केरी व्याथा लागेको विरामी लिएर विराटनगर जादै गरेको एमबुलेन्स गढी गाउँपालिका – २ थलाहा पुलमा दुर्घटना हुदा चार जना घाइते भएका हुन् ।

विहान करिब ३ः१० बजे पुलमा ठोक्किएर स १ झ ५२६ नम्बरको एम्बुलेन्स दुर्घटना हुदा विरामी सहित चार जना घाईते भएको प्रहरीले जनाएको छ ।

उदयपुरगढी गाउँपालिका – १ निबासी सुत्केरी विरामी ३२ वर्षीया सविना बस्तोला, उनको श्रीमान ३६ वर्षीय खेमबहादुर बास्तोला, छिमेकी ३६ वर्षीय सिताराम बास्तोला र उक्त निबासी चालक २८ वर्षीय नीरबहादुर पुलामी मगर घाईते भएको प्रहरीले जनाएको छ ।

बिरामी सहित घाईतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भईरहेको छ भने चालक मगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: