शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

बाढी पहिरोबाट विस्थापित घरलाई १ लाख राहत

साउन २१ गते ।

पिपद व्यावस्थापन समिति ३ न. प्रदेशले बाढी, पहिरो, डुवानबाट विस्थापित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार बसेको पिपद व्यावसपन समितिको बैठकले बाढी, पहिरो तथा डुवानबाट विस्थापित भएका घर परिवारलाई एक लाख राहत दिने निर्णय गरेको हो ।

गत असार अन्ति सातादेखि परेको अविरल वर्षाले आएको बाढी, पहिरो, डुवानबाट खाद्यान्न, लत्ताकपडा लगायत घर पूर्ण रुपमा नष्ट भएका र संभावित खतराबाट विस्थापित भएका घरपरिवारहरुले राहत पाउने छन् । बैठकबाट निर्णय भए पश्चात राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई पिपद व्यावस्थापन समितिले निर्देशन दिएको छ ।

सिन्धुली, मकवानपुर, ललितपुर र दोलखा जिल्लाका बाढी पहिरो डुवानबाट अति प्रभावित स्थानीय तहहरु पहिचान गरी त्यस ठाउँमा खानेपानी, सिञ्चाई, सडक, विद्याल यलगायतका भौतिक संरचनाको क्षति विवरण माग गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुनर्निर्माणका लागि अधिकतम ५० लाख रुपैयाँसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

प्रतिक्रिया

%d bloggers like this: