शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

व्यापारीको हत्या गर्न भारतीय सुटर

साउन २१ गते ।

मोरङका एक व्यापारीको हत्या गर्न पाँच लाख भारुमा भारतबाट ल्याईएका सुटर पक्राउ परेका छन् । विराटनगर हाटखोलाका व्यापारी जितेन्द्र रायको हत्या गर्नका लागि भारतबाट सुपारी दिएर ल्याईएका दुई जना सुटरसहित तीन जना पक्राउ गरेका हुन् ।

गत जेठ २७ गते विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोली सहित भारतीय नागरिक कुलानकुमार सिंहलाई पक्राउ गरेको थियो । पक्राउ परेका सिंहमाथि अनुसन्धान गर्ने क्रममा मुख्य योजनाकार मन्नु गुप्ता र कन्ट्रयाक किलर हरिनारायण झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिंह र गुप्ता विराटनगर र झालाई सर्लाहीबाट पक्राउ गरेको प्रहरीले जनाउको छ ।

पक्राउ परेका झा हत्या अभियोगमा क्षेत्रिय कारागार झुम्का बसिसकेका व्यक्ति हुन् भने मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका थिए । उनीहरुबीच कारागारमै चिनजान भएपछि मित्रता सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मन्नुले हरिनारायणमार्फत हत्याको सुपारी दिएका थिए ।

विराटनगर आएका राज भनिने राजुकुमार रौनियार र राकेश झा फरार छन् । ती दुबैजना भारतीय नागरिक हुन् । फरार अभियुक्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: