शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

बाढीले बगाएका आयोजनाको सर्वे

उदयपुर, साउन २२ गते ।

बाढीले बगाएको सुगारे आँपटार सिचाई आयोजनाको सर्वे गरिएको छ । कटारी नगरपालिका – ६ को सुगारे–आपटार सिचाई आयोजनाका मुहानसँगै कुलो बगाएपछि पुन सर्वे गरिएको हो ।

गत असार अन्ति सातादेखि परेको अविरल वर्षापछि आएको बाढीले सिचाई आयाजना बगाएको थियो । बाढीले कुलो बगाएपपछि कृषकहरु चिन्तित भएका छन् । आपटार, बराबोटे, सुगारे, बलडाडा र भुसुने गाउँ करीब १५० घर धुरी प्रभवित भएका पालिकाले जनाएको छ । उक्त सिचाई आयोजनाबाट सिचाई गर्दै आएका बासिन्दाहरु प्रभावित भएको पालिकाले जनाएको छ ।

तल्लो लामीदुवाली मुहान देखी भुसुनेसम्म सिचाई आयोजनाको कुलो बगाएको छ । बाढीले पूर्ण क्षती भएका सिचाई आयोजना पुन निर्माण गर्नका लागि पालिकाले पहलमा सर्वे गरिएको कटारी नगरपालिकाका उप–प्रमुख भीम कुमारी राउतले बताईन् ।

अविरल वर्षले आएको बाढी पहिरोले जिल्लाका धेरै खेतियोग्जय कतै डुबाएर बगर बनाएको छ भने कतै कटान गरेको छ । त्यसैगरी कटारी गरपालिकामा पनि खेती योग्य जमिन धेरै कटान गरेको उपमेयर राउतले बताईन् । खोला छेउछाउमा रहेको खेत बाढीले र पहाडको बारी पहिरोले बगाएको उनले बताईन् ।

बाढीले कुलो बगाएपछि खेतमा रोपेको धान धमिराले काट्न थालेको स्थानियबासीले बताएका छन् । कुलो बगाएकाले खेतमा धाजा फाटेको छ भने कान कतै मर्न त कतै धमिराले काट्न थालेको कृषक लोकबाहदुर थापाले बताए ।

अघिल्लो वर्ष आर्थिक वर्ष २०७४/०७५ बाट क्रमागत रुपमा काम शुरू भएको सुगारे आपटार सिचाई आयोजनाको पहिलो बर्ष ७ लाख दोश्रो बर्षमा ४९ लाख बराबरको काम भएको सुगारे आपटार सिचाई आयोजनाका अध्यक्ष जीवन कुमार श्रेष्ठले बताए ।

जलस्रोत सिचाई बिकास डिभिजन कार्यलय गाईघाट र कटारी नगरपालिकाका संयुक्त प्राविधिक टोलीले सर्वे गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: