शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

राम्रो चलचित्रको भोका नायिका ः भुमी

साउन २२ गते ।

राम्रो अभिनय गर्ने नायिका भूमी पेड्नेकर यतिबेला चर्चामा छन् । नायिका पेड्नेकरले अभिनय गरेका चलचित्रले व्यापार जस्तो गरेपछि उनको तारिफ भने राम्रै हुन्छ ।

उनले अभिनय गरेका ४ वटा चलचित्र बजारमा आईसकेका छन् । त्यसै क्रममा एकै बर्षमा पेड्नेकरले अभिनय गरेको ६ वटा चलचित्र सार्वजनिक हुदैछन् । तर नायिका पेड्नेकर राम्रो चलचित्रका लागि सधै नै भोको रहेको बताउँदै आएका छन् ।

नायिका पेड्नेकरको अनुसार एउटा कलाकार भएकाले नाताले सधै राम्रो कथाको खोजीमा हुन्छु र राम्रो चलचित्रका लागि भोको रहेकी छिन् । उनीले आफूलाई भाग्यमानी ठानेका छन् । किनकी बलिउडका निकै नै उत्कृष्ट चलचित्र मेकरसँग काम गर्न पाएकी छिन् ।

नयाँ बजारमा आउन लागेको चलचित्रहरुमा कथाबस्तु अनुसार उत्कृष्ट अभिनय गरेको नायिका पेड्नेकरले दावी गरेकिछन् । दर्शकले राम्रो चलचित्रलाई मात्र साथ दिने भएकाले नायिकाहरुको लागि सुनौलो अवसर रहेको उनले बताईन् ।

करिअरको उत्कृष्ट समयमा भएकाले चलचित्रमा उत्कृष्ट काम गर्न चाहेको नायिका पेड्नेकरले बताईन् । उनले अभिनय गरेको ‘बाला, साँन्ड कि आँख, पति पत्नी और ओ, तक्त’ लगायतका चलचित्रहरु सार्वजनिक हुन लागेको हो ।

प्रतिक्रिया

%d bloggers like this: