शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

यायोक्खाको स्थापना दिवस भब्यरुपले सम्पन्न, गृहमन्त्री थापाद्वारा पहिचानका लागि सहयोगको प्रतिबद्धता

साउन २२ गते ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले किरात भूमी पहिचानका लागी सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न । ३२ औँ स्थापना दिवसको अवसरमा किरात राई यायोक्खा केन्द्रिय समितिले गरेका एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रतिबद्धता जनाएका हुन् ।

पछिल्लो पटक जारी संविधान सहमतिको दस्तावेज भएकोले पूर्ण संघीयत, समाबेसिता, पहिचानलाई स्थापित गर्न नहुने गृहमन्त्रि थापाले बताए । कार्य अनुसार प्राप्त भएका उपलब्धिलाई प्रयोग गर्दै थप उपलब्धिको लागि कृयाशील रहनु पर्ने उनले बताए ।

राजनीतिक शक्ति सन्तुलनको हिसाबले उत्पीडित समुदायलाई पहिलाकै अवस्थामा राखिएकाले  १ नम्बर प्रदेश सभाले नाम किरात राख्न हम्मे हम्मे परेको गृहमन्त्रि थापाले बताए । पहिचानको आन्दोलनमा भने आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । संघीयता, पहिचान र संमृद्धीको नाममा देशमा रहेका दलाल, तस्करी र भ्रष्टाचारी विरुद्धमा यायोक्खा लाग्न गृहमन्त्री थापाको अनुरोध गरेको छ । बिखण्डनकारी विरुद्ध राष्ट्रिय एकता र गणतन्त्रको रक्षाको लागि यायोक्खा लाग्नुपर्ने उनले बताए ।

 

कार्यक्रममा संघीय संसद सुदन किरातीले किरात पहिचान, लोकसेवा आयोगको असवैधानिक कदम विरुद्ध आवश्यक परे सदनमै  वलिदान दिन तयार रहेको बताए । प्रदेश १ को सांसद रामकुमार राई (पासाङ)ले प्रदेशको नाम किरात राख्न आफू सदनमा गम्भीर कदम उठाउन पनि पछि नपर्ने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजती  महासंघको केन्द्रिय कार्यबाहक अध्यक्ष नवीन रोका मगर, आदिवासी जनजाती उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, संघीय सांसद प्रमिला राई लगयतले शुभकामना मन्तब्य राखेका थिए ।

यायोक्खा अध्यक्ष दिवस राईको सभापतित्वमा महासचिव जनक राईले सन्चालनमा उपाध्यक्ष जीवन हाताचो राईले स्वागतसँगै संस्थाको धारणा राखेका थिए । किरात जाती नभएर भूगोल, ईतिहास, सभ्यता, संस्कृति भएको कारण १ नम्बर प्रदेशको राख्न नाम किरात माग गरिएको हाताचोको भनाइ थियो ।

पत्रकार संजय सन्तोषी राई, “किरात इतिहास र संस्कृति“ नामक अनुसन्धानमुलक पुस्तकका लेखक खोटाङको पर्खनबहादुर राई, वियस राईद्वारा लिखित कथा संग्रह हिउँमाझी कृतिलाई नगदसहित सम्मान गरिएको थियो ।

यही बर्ष बिध्यावारिधी गर्ने राई समुदायका  डा. सुमाया राई, प्रा.डा.  ध्यानेन्द्र बहादुर राई र डा. कृष्णबहादुर राई, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ठुले राई सम्मानित भएका छन ।

गायन तथा संगितिक क्षेत्रबाट योगदान र्पुयाउने राई नवीनलाई नगद सहित सम्मानित भएको कार्यक्रममा विभिन्न विधाका १५ जना विध्यार्थीलाई छात्रा वृती प्रदान भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: