सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

लागू औषध दूब्र्यसन रोक्न, मनैदेखिको प्रतिबद्धताको खाँचो

सम्पादकीय

यतिबेला जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेकाहरु मध्ये अधिकांश लागू औषधमा संलग्न छन् । यसले उदयपुरमो लागूऔषध दूब्र्यसनको अवस्था जटिल बन्दै गईरहेको संकेत गर्दछ ।

यसमा बढिजसो किशोराअवस्था र युवाअवस्थाका छन् । सेवन गर्ने वा कारोवार गर्ने दुबै यिनै उमेर समुहका छन् । यसले समाजमा एकतिर विकृति, विसंगती, हिंसा बढाउदैछ भने अर्कोतिर भविष्यका राष्ट्र हाक्ने पुस्ता कतातिर लाग्दैछ भन्ने प्रश्न उठाएको छ । भविष्यका भरोसा युवाहरुले लागूऔषधमा जिन्दगी बेकार फाल्दैछन् । लागू औषधमा फसिसकेपछि उकास्न ज्यादै मुस्किलको कुरो हो । त्यसैले सकेसम्म युवाहरुलाई फस्नबाट जोगाउनु नै बेस् । यो बुभ्mनु जरुरी छ ।

खासगरी गलत साथीको संगतले दुब्र्यसनमा फस्ने गरेको पाईन्छ । साथीको लैलैमा लागेर रमाईलो गर्ने, अरुलाई तामझाम देखाउने वा अनावश्यकरुपले तनाव, झमेला व्यवस्थापनको नाममा लागू औषध सेवन गरिदिने र त्यसैमा गहिरो बानी बसेर दुब्र्यसनमा डुब्ने गरेको पाईन्छ । यस हिसावले आप्mनो छोराछोरीको संगत, हिड्डुल, खानपिन कोसंग र कसरी भईरहेको छ, भन्ने कुरो अभिभावकले हेक्क राख्न जरुरी देखिन्छ । आप्mनो बालबालिकालाई पर्याप्त माया, प्रेरणा दिएर पढाई, अध्ययन, भ्रमण, खेलकुद, गीतसंगीत जस्ता सिर्जनशिल क्षेत्रमा लगाउनुपर्ने देखिन्छ । लागू औषधको दुब्र्यसन एकखिलि चुरोट र एक घुट्की रक्सिबाट सुरु हुने गर्छ । थोरै त हो नी, एकताली, दुईताली त हो नी भन्दैमा बानी परेर त्यसैमा जिन्दगी डुवाएका उदाहरण धेरै छन् । त्यसैले बुभ््mनै पर्ने पहिलो कुरो –चाख्दै नचाख्ने, खादै नखाने वा सुरु नै गर्दै नगर्ने ।

यहाँ सेवन गर्नेको कुरा भन्दा जटिल पक्ष कारोवारी हो । जसले सामान्य युवाहरुलाई लागू औषध सेवनको लागि फसाउने, खानैपर्ने गरी बानी बसाल्ने, बानी परुन्जेलसम्मलाई विनापैसा खुवाउने र बानी परिसकेपछि किनाउने वा बिक्रीमा संलग्न गराउने गरेको बुझिएको छ । नखाइ नहुने भएपछिको अवस्थामा युवाहरु चोर्न, ढाट्न, लुट्न वा पैसाका लागि लागू औषध नै किन नहोस् ओसार पसार र विक्री गर्न पनि तयार हुन्छन् । यो प्रहरीको अनुसन्धानबाट बुझिएको कुरा हो । त्यस्ता युवाहरुलाई कारोवारीको गिरोह नै बनाएर लागू औषध विक्रीवितरण गर्ने गरेको विभिन्न घटनामा प्रहरीको अनुसन्धानले देखाएको छ । कारोवारीले सञ्जाल नै बनाएर पैसाका लागि यस्तो कालो धन्दा गर्ने गरेको पाईन्छ त्यसैले, त्यसलाई राज्यले रोक्नु सक्नुपर्दछ । राज्य भन्दैगर्दा नागरिक समाज र आम नागरिकको पनि त्यसमा दायित्व, जिम्मेवारी र भूमिका रहन्छ ।

प्रहरीले बेलाबेला यस्ता कारोवारीलाई पक्राउ त गरेकै छ । कारवाही पनि चलाएकै छ तरपनि अझै दुब्र्यसन, ओसारपसार र विक्री–कारोवार रोकिएको छैन । यसको विरुद्ध थुप्रै जनचेतनामुलक कार्यक्रम र अभियानहरु पनि भईरहेका छन् । तरपनि कमी हुनुको साटो बढ्दो देखिन्छ । यसको अर्थ प्रहरीको कारवाहीलाई अझ प्रभावकारी बनाउनु जरुरी छ । दुब्र्यसन विरुद्धको कार्यक्रम र अभियानलाई नयाँ ढंगले अगाडी बनाउनु जरुरी छ । कार्यक्रम र अभियान केबल कार्यक्रम र अभियानको लागि मात्र हैन अब, केही परिणाम प्राप्त नगरुन्जेल नछाड्ने गरी गर्नुपर्छ । खासगरी नाकाहरु र गौडाहरुमा निगरानी बढाउने र समुदायका नागरिकहरु सचेत गराउने हो भने धेरै कमी आउछ । खासगरी प्रहरीको कडाई घट्नु हुदैन, नागरिक र नागरिक समाज सेलाउनु हुदैन । साथै लागूऔषध कारोवारमा संलग्नलाई सामान्य सजायमा छुट नदिएर कडा कारवाहीको दायरामा राख्ने गर्नुपर्दछ ।

समाजमा हरेक अभिभावकहरुले भावि पुस्ता र देशको चिन्ता गरेर हातमा हात र साथमा साथ दिदै प्रहरी र अभियानकर्तालाई साथ, सहयोग दिनुपर्छ । खास उद्देश्य र लक्षका साथ लागू औषध दूब्र्यसनमा लाग्नु आवश्यक देखिएको छ । साँच्चिै गर्छु भनेर सबै लागी परेर यो एउटा समाजको जटिल समस्याको समाधानमा अघि बढ्नु जरुरी छ ।

 

साउन, १४ गते पूर्णपुष्टि साप्ताहिक पत्रिकामा प्रकाशन भएको ।

प्रतिक्रिया

%d bloggers like this: