शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

टोरोन्टो प्लेअफमा सन्दीपको टिम

साउन २३ गते । 

टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेको टिम प्रवेश गरेको छ । क्यानाडामा जारी प्रतियोगिताको गतराति भएको खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पछि पार्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो ।

१ सय ९० रनको लक्ष्यका साथ ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पारेको थियो ।

म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा हार ब्यहोरेको थियो । टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिएका थिए । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्िचएर एक विकेट हात पारे ।

टस हारेर ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८९ रनको ठूलो स्कोर बनाएको थियो । उसका लागि रोड्रिगो थोमसले ७० तथा हेनरिच क्लासेनले अविजित ६४ रन बनाएपछि ठूलो स्कोर भएको थियो । टोरोन्टोले अब प्लेअफको इलिमिनेटरमा विनिपेग होक्ससँग खेल्नेछ ।

प्रतिक्रिया

%d bloggers like this: