शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

क्रिकेट खेलाडी अमलाले लिए सन्यास

साउन २४ गते ।

अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी हसिम अमलाले क्रिकेटबाट सन्यास लिएको छ । दक्षिण अफ्रिकाका क्रिकेटर अमलाले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हो ।

ओपनिङ ब्याट्स म्यान अमलाले क्रिकेटको सबै फम्र्याटबाट सन्यास लिएको घोषणा गरेको हो । तर उनले क्लब र घरेलु प्रतियोगितामा खेल्ने छ । उनि दक्षिण अफ्रिकाका एक अब्बल खेलाडी हुन् ।

३६ वर्षीय अमलाले १ सय २४ टेष्ट खेलमा ९ हजार २ सय ८२ रन बनाएको थियो । यसैक्रममा २८ शतक र ४१ अर्धशतक बनाएका थियो । टेष्ट क्रिकेट प्रतियोगीतामा उनले उच्च स्कोर ३ सय ११ रन बनाएका थिए ।

अमलाले १ सय ८१ एकदिवसीय क्रिकेट खेलमा ८ हजार १ सय १३ रन बनाएको थियो । यसमा २७ शतक र ३९ अर्धशतक बनाएका थिए । यस प्रतियोगीतामा उच्च स्कोर १ सय ५९ रन रहेको थियो ।

टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेटमा प्रतियोगीताको ४४ खेलबाट एक हजार २ सय ७७ रन बनाउँदा ८ अर्धशतक जोडेका थिए । २००४ देखि राष्ट्रिय टिममा डेब्यु गरेका उनले आफुलाई एक चर्चित खेलाडीमा उभ्याउन सफल भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: