सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पक्राउ परेको सयौँ आप्रवासी थुनामुक्त

साउन २४ गते ।

अमेरिकामा पक्राउ परेका आप्रवासीहरु मध्ये तीन सयलाई थुनामुक्त गरिएको छ । मिसिसिपी राज्यमा पक्राउ परेको आप्रवासीहरू मध्ये तीन सय जनालाई थुनामुक्त गरिएको अधिकारीहरूले बताएका छन् ।

पक्राउ परेका आप्रवासीहरुको बालबालिकाको अवस्थामा चिन्ता प्रकट गर्दै पक्राउ परेका सबैजना थुनामुक्त गर्नु पर्ने अभियानकर्ताहरूले माग गरेका छन् ।

उक्त राज्यको विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगहरुमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा पक्राउ परेका थिए ।

यस कारबाहीले पक्राउ परेका आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । तर तर बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको अधिकारीहरूले बताएका छन् ।

गत जुनमा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गर्ने राष्ट्रिपति ट्रम्पले घोषणा गरेका थिए ।

मिसिसिपीमा गरिएको कारवाही अनावश्यक र क्रुर भएको अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले बताएको छ । कारबाहीमा हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो ।

सूचीकृत कामदार नभएको आशङ्कामा पक्राउ गरेका मध्ये आधा थुनामुक्त भएको जनाएको छ । यस कारवाहीले कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै विपक्षी पार्टीले आलोचना गरेको छ ।

यस कारबाहीले आमावुवाबाट साना छोराछोरी छुट्टिनुपर्ने अवस्थामा सिर्जना भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: