शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

विश्व आदिबासी दिवससँगै छैटौँ जिल्ला अधिवेशन उद्घाटन

उदयपुर, साउन २४ गते ।

२५ आँै विश्व आदिबासी दिवससँगै उदयपुरमा छैटौँ जिल्ला अधिवेशन उद्घाटन भएको छ । देशैभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाईरहेका दिवससँगै अधिवेशन उद्घाटन भएको हो ।

विश्वभरीका आदिबासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी भब्य रुपमा दिवस मनाएका छन् । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद, त्रियुगा नगर समन्वय परिषद, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिकाका सहयोग र नेपाल आदिबासी जनजाती सहासंघ त्रियुगा, चौदण्डिगढी र बेलका नगर समन्वय परिषदको व्यावस्थापनमा कार्यक्रम भएको थियो ।

गाईघाटमा विभिन्न जातजातिका झाकी सहित ¥यालीले “आदिबासी जनजाती एक हौँ, राष्ट्रिय जनावर गाई खारेज गर, धर्मरिपेक्ष कायम गर” लगायतका नाराबाजी गर्दै  बजार परिक्रमा गरी ढिम्कीको पिक्निक स्पोर्टमा औपचारिक कार्यक्रम गरिएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद उदयपुरको अध्यक्ष केशबबहादुर मगरको सभापतित्वमा प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघ प्रदेश न. १ का अध्यक्ष धु्रब सुब्बा र अन्य अतिथिहरुको आतिथ्यमा कार्यक्रम भएको थियो ।

आदिबासी जनजातिको हक अधिकारको लागि सधै लागि परिरहेको र प्रदेशको नामाकरणको लागी आन्दोलन गर्दै आएको नेपाल आदिबासी जनजाती महासंघ प्रदेश न. १ का अध्यक्ष धु्रब सुब्बाले बताए । संविधानले दिएको हक अधिकार राज्य पक्षबाट दमन गरेको उनले बताए ।

हक अधिकार सुनिश्चित, प्रदेशको नामाकरण र लोक सेवाले गरेको विभेदकारी विज्ञान प्रकाशन प्रति आन्दोलन र आवाज उठाउदै आएको अतिथिहरुले जोड दिएको थियो । हक अधिकारको लागि व्यक्तिगत र सस्थागत रुपमा लागि परिरहने बताएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: