बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

बन्दुक सहित पक्राउ परेका धरौटीमा छुटे

ईलाम, साउन २४ गते ।

ईलामको मकैबारीबाट भरुवा बन्दुक सहित पक्राउ परेका दुई जनालाई जिल्ला अदालत ईलामले धरौटी सहित तारीखमा छाडेका छन् । सन्दकपुर गाउँपालिका – १ निबासी ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मिनकुमार फागोलाई धरौटीसहित तारीखमा अदालतले छाडेका हुन् ।

गत असार ३० गते मकैबारीकाट ४ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली, बारुद सहति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याथ थप गरी अनुसन्धान भैरहेको थियो ।

जिल्ला अदालतबाट सार्वजनिक मुद्दा लगाई १/१ लाख धरौटीसहित तारीखमा छाडेको अदालतले जनाएको छ ।

 

प्रतिक्रिया