बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

जिल्ला आदिवासी जनजाति महासंघको अध्यक्षमा उदास

उदयपुर, साउन २५ गते । 

नेपाल आदिवासी जनजाति सहासंघ जिल्ला समन्वय परिषद उदयपुरको अध्यक्षमा गौरीशंकर उदास चयन भएका छन् । २५ औँ विश्व आदिबासी जनजाती दिवससँगै छैटौँ जिल्ला अधिवेशनबाट उदाससहित नयाँ नेतृत्वमा १७ सदस्य चयन भएका हुन् ।

उपाध्यक्ष टिकाराम थामी, बलधन राई र उषा माझी, सचिब शारादाकुमारी दनुवार, सह–सचिब तेन्जी शेर्पा, लिलाबहालुर सुनुवार र मनमाया भुजेल, कोषाध्यक्ष बिक्रमी चौधरी चयन भएको छ । त्यसैगरी सदस्यहरुमा बलराम उराउ, सरिता हायु, बाबुराम पहरी, रबिन गुरुङ, फणिन्द्र तामाङ, मनोज लिम्बु, जयराम पुर्वाछाने मगर र कलम बोटे चयन भएको संघले जनाएको छ ।

महासंघको जिल्ला समन्वय परिषदमा सर्वसहमतबाट नयाँ कार्यसमिति चयन भएको थियो । सर्वसहमतबाट चयन भएका नयाँ कार्यसमितिका दसस्यहरुलाई निर्वाचन मण्डलका संयोजक हरिबहादुर श्रेष्ठले सपथ ग्रह गराएका थिए ।

प्रतिक्रिया