सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

लिभरपुलको शानदार जित

साउन २५ गते ।

इंग्लिस प्रिमियर लिगका पहिलो खेलमा लिभरपुलले शानदार जित हात पारेको छ ।  गएराति एन्फिल्डमा भएको खेलमा नर्विचलाई ४–१ गोलले पछिपार्दै जित हात पारेको हो ।

खेल सुरु भएको ७ औँ मिनेटमा नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरे । १९ औं मिनेटमा मोहम्मद सलाले गोल गरे भने २८ औं मिनेटमा भर्जिल भान डाइकले अर्को गोल गरे । त्यसैगरी ४२ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलको सानदार जित भएको थियो ।

पहिलो हाफमै ४–० को गोल गरेका लिभरपुलको गोल रक्षक एलिसन घाईते भएर मैदान बाहिरिएपछि  मौकाको फाईदाउ उठाउदै दोस्रो हाफमा नर्विच सिटीका टिमु पोक्कीले एक गोल गर्दै चित्त बुझाएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: