सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

लागु औषधसहित सेनानी पक्राउ

साउन २६ गते ।

ईटहरीबाट लागु औषधसहति नेपाली सेनाका सनानी (मेजर) अजितप्रताप सिंह पक्राउ परेको छ । पूर्वी पृतना छेऊबाट ब्राउन सुगरसहित सिंहलाई पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले पक्राउ गरेको सिंहको साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

सेनानी सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको सैनिक स्रोतले जनाएको छ ।  घटनाको जानकारी पाउनासथ सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले जनाएको छ ।

अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका सैनिक अधिकृतलाई अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ । तर गम्भिर प्रकृतिका मुद्दामा भने प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ ।

लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंह विरुद्ध प्रहरी आफैंले म्याद थप गर्ने भएको छ । आइतबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । सामान्य प्रकृतिको कसुर भएको भए प्रहरीले सैनिक प्रहरीलाई जिम्मा लगाई सैनिक अदालतबाट आएको आदेश अनुरुप कारबाही हुन्थ्यो ।

सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: