शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

दुई जना नक्कली परीक्षार्थी पक्राउ

साउन २६ गते । 

सिएमएको परिक्षामा दुई जना नक्कली परीक्षर्थी पक्राउ परेका छन् । सिटिइभिटीको  सीएमए विषयको परीक्षामा अरुको परीक्षा दिने जोगेन्द्रनारायण यादव र कौशलप्रसाद साह पक्राउ परेका हुन् ।

पक्राउ पर्ने रौतहट यमुनामाई गाउँपालिका– १ जेठहरिया निबसी २२ वर्षीय यादव र गढीमाई गाउँपालिका – ६ धरमपुर निबासी साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेशनल मेडिकल कलेजमा शनिबार संचालन भएको सिटिईभिटीको परीक्षामा अरुको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यादवले आफ्नै गाउँका छोटेलाल यादवको नाममा र शासले रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: