सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

९३ हजारसहित पाँच जुवाडे पक्राउ

साउन २६ गते ।

धुलीखेलबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेको छ । धुलिखेल नगरपालिका–६ अस्पताल चोकको रीना केसी होटलबाट जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा शनिबार साँझ जुवाडे पाँच जनासहति नगद ९३ हजार ४ सय ३० रुपैया र १० थान बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरीले जनाएको छ ।

धुनपा –६ निबासी ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ, ३० वर्षीय अशोक श्रेष्ठ, वडा न.९ निबासी ३५ वर्षीय दीपक तामाङ र भक्तपुर नगरपालिका–६ निबासी ४० वर्षीय गणेश कारञ्जित पक्राउ परेको प्रहरील जनाएको छ ।

पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: