शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

फोनिजको पुरस्कार बरिष्ठ पत्रकारसहित चार जनालाई

उदयपुर, साउन २६ गते ।

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार यसवर्ष बरिष्ठ पत्रकार कौशल चेम्जोङसहित चार जनालाई प्रदान गर्दैछ । पुरस्कृत हुने अन्य पत्रकारहरुमा गणेश राई, राजबहादुर गुरुङ र शोभा श्रेष्ठ छन् ।

चेम्जोङलाई रेडियो विद्याबाट, राईलाई छापा विद्याबाट, गुरुङलाई अनलाईन विद्याबाट र श्रेष्ठलाई टेलिभिजन विद्याबाट पुरस्कृत गरिएको हो ।

महासंघ (फोनिज) को साउन २७ गते स्थापना दिवसको अवसरमा पुरस्कृत गरिने उनीहरुको नाम पुरस्कार छनौट समितिले सिफारिस गरेकोमा फोनिज सचिवालयले अनुमोदन गरेको थियो । उनीहरुलाई बीसहजार रुपैया नगदसहित पुरस्कृत गरिने फोनिजले जनाएका छ ।

प्रतिक्रिया

%d bloggers like this: