शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मैत्रीपूर्ण खेलमा रोमाको जित

सानउ २७ गते । 

मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई रोमाले पछि पार्दै जित हात पारेको छ । गतराति भएको खेलमा रियल मड्रिड रोमाले पेनाल्टी सुटआउटमा जित हात पारेको हो ।

खेलको निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गीएपछि खेल पेनाल्टि सुटआउटमा गएको थियो । पेनाल्टि सुटआउटमा रियल पराजित भएको थियो ।

खेलको सुरुवाती अग्रता बनाएका रियलले हार व्यहोर्नु परेको थियो । खेलसुरु भएकोे १६ औं मिनेटमा नै मार्सेलोले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३४औं मिनेटमा डिएगो पेरोटीले रोमाका लागि गोल गर्दै १–१ को बराबरीमा ल्याएका थिए ।

३९औं मिनेटमा रियलका कासिमिरोले एक गोल गरे भने ४० औं मिनेटमा रोमाले गोल गरेपछि २–२ गोलको बराबरीमा खेल टुङ्गीएको थियो । पहिलो हाफमै २–२ गोल भएको खेलमा दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टीमा गएको थियो पेनाल्टीमा रियल ५–४ ले हार व्यहोर्नु प¥यो ।

प्रतिक्रिया

%d bloggers like this: