शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

खोलाले बगाएर १ जनाको मृत्यु

उदयपुर, साउन २८ गते । 

उदयपुरको बेलकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका – १ आम्बासी निबासी ६६ वर्षीय राजकुमार तामाङलाई काली खोलाले बगाएर मृत्यु भएको हो ।

खोलाले बगाई बेपत्ता भएका तामाङको खोजतलास गर्ने क्रममा कालि खोलाको दोभानमा शव फेला परेको प्रहरीले जनाएको छ । मृत तामाङको शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल उदयपुर पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: