मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

प्रदेश २ मा रक्षाबन्धनको सार्वजनिक विदा

साउन २९ गते ।

प्रदेश २ सरकारले रक्षाबन्धनको सार्वजनिक विदा दिएको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको दिन विहिबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैलाई प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्व लगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रतिक्रिया

%d bloggers like this: