शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कार्यालयमै पुगेर घुस दिने पक्राउ

साउन २९ गते । 

प्रहरी कार्यालयमै पुगेर घुस दिन खोज्ने एक जना पक्राउ परेको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका – २२ निबासी ३५ वर्षीय उपेन्द्रप्रसाद यादव पक्राउ परेको प्रहरीले जनाएको छ । बाराको एक ईलाका प्रहरी कार्यालयमा पुगेर अवैध रुपमा भारतबाट कुखुरा ल्याउनको लागि १० हजार घुस दिन खोजेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित पक्राउ परेका यादवलाई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: