सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

बैतडीमा मदिरा निषेधित वडा घोषणा

साउन २९ गते ।

बैतडीको एक वडाले मदिरा निषेधित वडा घोषणा गरेको छ । दशरथचन्द नगरपालिकाको ९ नम्बर वडा मदिरा निषधित क्षेत्र घोषणा मंगलबार गरिएको हो ।

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।

उक्त क्षेत्रमा कसैले मदिरा बिक्री वितरण, ओसारपसार र सेवन गरी होहल्ला गरे पहिलो पटक १५ हजार, १० हजार र १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने र तीन पटकभन्दा बढी भेटिएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: