मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

होटलमा आगलागी हुदा ११ लाखको क्षती

मोरङ, श्रावण २९ गते ।

मोरङका पथरीशनिश्चरेको एक होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । पथरीशनिश्चरे नगरपालिका –२ लिच्चि डाडाको होटल जल्दा उक्त रकम बरारको क्षती भएको हो ।

विहान करिब साढे ६ बजे टिनको छानो र बासको टाटिले बारेको सुकमाया राईको एकतले होटलमा  बिधुतको तार सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र ५ हजार नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानियको सहयोगमा किरब साढे ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: