मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

कश्मीरमा युद्ध भए विश्वका शक्ति राष्ट्रहरु जिम्वेवारी ः पाकिस्तानी प्रधानमन्त्री खान

साउन ३० गते ।

विवादित कश्मिरमा भारत र पाकिस्तान युद्ध भए विश्व शक्ति राष्ट्रहरुले जिम्मा लिनु पर्ने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन् ।

कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको प्रधानमन्धि खानले बताए।

भारतीय प्रधानमन्धि नरेन्द्र मोदीले दश दिन अगाडी कश्मीरको विशेष हैसियत खारेज गरेर ठूलो रणनीतिक त्रुटि गरेको खानले बताए ।

प्रत्येक वर्ष अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । उक्त दिनको अवसर पारेर एकता दिवसको रूपमा मनाउन भन्दै प्रधानमन्त्री खान बुधवार पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगेको थियो ।

मुजफ्फबाद पुगेका प्रधानमन्त्रि खानले त्याहाका सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतले संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री मोदीले “आखिरी कार्ड खेलेको र यो हिटलरको नाजीका निम्ति ’फाइनल सोल्युशन’ जस्तै भएको खानले बताए । त्यसैले भारतले पाकिस्तान प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको उनले बताए ।

सम्बोधनका क्रममा खानले युद्धले कुनै समाधान नहुने तर भारतले केही उल्लङ्घन गरे त्यसका निम्ति पाकिस्तान तयार रहेको र त्यसपछि हुने युद्धको निम्ति बाँकी विश्व पनि जिम्मेवार हुने बताए ।

भारतले कश्मीरलाई दिएको धोका र आँधी आउनुअघिको शान्ति झैँ हो । दोस्रो विश्वयुद्ध पश्चात् विश्वमा युद्ध नहोस् भन्ने हेतुले राष्ट्रसंघको  स्थापना भएको प्रधानमन्धि खानले बताए ।

मोदीले कश्मीरका जनताको आत्मनिर्णयको अधिकारलाई फ्यालिदिएको खानले आरोप लगाए । त्यसैले अव कश्मीर मुद्दालाई लिएर अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा उपस्थित हुने खाले बताए ।

प्रतिक्रिया

%d bloggers like this: