शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सप्तकोशीले बगाउँदा १ बालको मृत्यु

सुनसरी, साउन ३१ गते ।

सुनसरीको बराहक्षेत्रमा सप्तकोशीले बगाएर एक बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका – ६ निबासी शिवराज राईको छोरा ११ वर्षीय मेदिम राईलाई सप्तकोशीले बगाएर मृत्यु भएको हो ।

दिउँसो पौने १ बजे राईसहित ५ जना पौडी खेल्ने क्रममा बालकलाई नदिले बगाएको प्रहरीले जनाएको छ । नदिले बगाएको बालकको करिब ८ सय मिटर तल माछा मार्ने मान्छेले उद्दार गरेपनि मृत्य भईसकेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीले जनाएको छ ।

प्रतिक्रिया