बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

आरक्षणको माग गर्दै लाठी जुलुस प्रदर्शन

उदयपुर/साउन,३२

सरकारले लोक सेवा आयोगको विज्ञापन  समानुपातिक नगरेको भन्दै उदयपुरमा शनिवार लाठी जुलुस प्रदर्शन गरेको छ । संविधानमा समानुपातिक व्यवस्थालाइ उल्लेख गरिएको भएपनि लोक सेवा आयोगको विज्ञापनमा लागु नगरेको भन्दै प्रदर्शन गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ त्रियुगा नगरपरिषद्को आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद उदयपुरको समायोजनमा गाईघाटको बिभिन्न चोक र बजारमा जुलुस प्रदर्शन गरिएको नेपाल आदिवासी जनजाति महासंघ परिषद उदयपुरको अध्यक्ष गैरिसंकर उदासले बताए ।

केन्द्रको कार्यक्रम अनुसार अहिले देशैभरी यो कार्यक्रम भईरहेको छ । समानुपातिक विज्ञापनको बिरोधमा मुस्लिम संघ, दलित संघ, अपाग संघ लगाएतले विरोध प्रदर्शन गर्दै आईरहेको छ ।

सरकारले आरक्षणलाई समानुपाति नगरे सम्म यसको बिरोध तिब्ररुपमा अघि बढाउने अध्यक्ष उदासले बताए । संविधानमा उल्लेख भएको कुरालाई तत्काल लागु नगरे सरकारलाई चुनौती दिने पनि उनले बताएको छ ।

उदयपुरमा गाईघाट कटारी, बेलका, चौदण्डी लगाएका स्थानहरुमा जुलुस प्रदर्शग गरिएको छ । अमुर्त एफ एम बाट सुरु गरिएको प्रदर्शन पिपलचोकमा कोण सभा गरी सम्पन्न गरिएको छ ।

 

सभामा बिज्ञापन तत्काल नसच्याय सम्म आन्दोलनको अझै कडा कार्यक्रमहरुको तयारी गर्ने आदिवासी जनजाति त्रियुगा नगर परिषदका अध्यक्ष भैरब श्रेष्ठले बताए ।

उनले विज्ञापनको चौतर्फि विरोध पश्चात राज्यले सुनुवाईमा समेत चासो राख्न थालेको कुरा बताए । आन्दोलनको कार्यक्रम निकै चुनौतीको बिषय भएपनि आदिवासी जनजाति, दलित मुस्लिमहरुको निम्ति अति आवश्य भएको बताए ।

जुलुस प्रदर्शनमा प्रहरी संघ लठ्ठी खोसाखोस समेत भएको थियो ।

 

 

 

प्रतिक्रिया

%d bloggers like this: