आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

भदौ महिना भरिको राशिफल

कुन राशिलाई कति शुभ कति अशुभ

भाद्र १ गते ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरुको लागि भाद्र महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने र नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । भ्रमण र तीर्था यात्राको योग रहेको छ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ योग रहेको छ भने मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यस महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सेतो वा रातो रहेको छ । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरुको लागि भाद्र महिनामा नयाँ योजना सफल हुन गाह्रो हुनेछ । अधिकार प्राप्त गर्नका लागि लागि निकै संघर्श गर्नु पर्ने योग गरहेको छ । यात्रा गर्दा वा सवारी साधनको चलाउदा सावधानी अपनाउनु पर्नेछ । प्रेमी÷प्रेमिकाका बिच नराम्रो होला । महिनाको मध्यमा धन सम्पत्ति प्रप्त हुने छ । यस महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरुको लागि भाद्र महिनामा आफन्तजन र साथीभाइबाट सहयोगसँगै हौसला प्राप्त मिल्ने छ । खर्च अलिक बढि भएपनि आम्दानीले जित्ने छ । प्रेम सम्बन्धमा राम्रो हुनेछ । आफुले गरेको कामको सफलता मिल्नेछ । यस महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पहिले वा यात्रामा जानु अघि शनिदेवको आरधना गर्नाले सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरुको लागि भाद्र महिनामा धर्म, कर्ममा रुची बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । आफ्नो काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शत्रुबाट विजय मिले पनि महिनाको अन्त्य तिर खासै राम्रो देखिँदैन, व्यर्थको सास्ति खेप्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न पर्ला । यस महिनाको लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि हनुमानजीको आरधना गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरुको लागि भाद्र महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । देश विदेशका भ्रमणको योग रेहेको छ । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ भने ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । तर अनावश्यक धन र परिश्रम खर्च बढ्ने छ । यस महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गर्नाले अधिक लाभ मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरुको लागि भाद्र महिनामा घर परिवारमा झैझगडा होला । शैक्षिक क्षेत्रबाट राम्रो नतिजा नमिल्ला । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ भने स्वस्थ्मा समस्या देखिनेछ । आफुले गरेका कार्यमा ढिलासुस्ती हुनेछ । यस महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेंलो वा नीलो हो । शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरुको लागि भाद्र महिनामा पुरानो कामहरु पुरा हुने छ । पढाई लेखाईमा उल्लेख्य सुधार आउनेछ । प्रेम र मित्रताको सम्बन्ध राम्रो हुनका साथै दाम्पत्य जिवनमा सुखमय हुने छ । लाभदायक यात्राको योग रहेको छ । विदेशएका विद्यार्थीहरुले धेरै सफलता हाँसिल गर्नेछन् । यस महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि विष्णुभगवानको दर्शनगरी आरम्भ गर्नाले अधिक लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरुको लागि भाद्र महिनामा जोश जाँगर र हिम्मत वढ्नुका साथै बिना प्रतिस्पर्धाबाट फाइदा हुने योग रहेकोछ । परिवारमा सुख सन्तोष छाउला । यस महिनाको मध्य तिर अनाबस्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरुको भाद्र महिनामा नयाँ कार्यको प्रारम्भ सुरु गर्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ भने ठुला व्यक्तिले मेहनतको प्रसंसा गर्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यस महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरुको लागि भाद्र महिना मध्यम रहनेछ । नयाँ ज्ञान हाँसिल गर्ने अवसर मिल्ने छ । आफन्तहरू संग भेटघाट हुनेछ भने श्रमको उचित मुल्याङ्कन हुनेछ । रमणीय र सुखद् यात्राको योग रहेको छ । यस महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरुको लागि भाद्र महिनामा विरुद्ध षड्यन्त्रमा पर्न सकिने छ । महिनाको मध्य तिर छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यस महिनाको लागि शुभ अङ्क ७ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पहिला महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरुको लागि भाद्र महिनामा पेशामा बढुवा तथा सरुवाको योग रहेकोछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । महिनाको अन्त्यमा अनाबश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्ला । यस महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तला रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी गर्नाले अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया

%d bloggers like this: