सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

धुमधाम मनाए रैव पर्व

डि.एन चौधरी

उदयपुर/भदौ १ गते ।

पुर्वमा बसोबास गर्दै आएका थारु समूदायले धुमधामका साथ रैव पर्व मनाएको छ । भदौको पहिलो आईतबार दहि, चिउरा, दुध, खिर,जेरी मिठाई, फलफुल लगायतका गुलियो कुरा खाएर मनाउने पर्व उदयपुरमा पनि मनाईएको हो ।

थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले पर्वको नाम नै रैब हुन गएको बुढापाकाहरु बताउँछन् । वर्षमा एक पटक मनाउने पर्व भदौको ४ वा ५ आतबार मनाईन्छ । यस वर्षको भदौ १ गते नै आईतबार परेकाले अधिकाशं थारु समुदायमा आज धुमधामका साथ रैव मनाउदै छन् ।

धार्मिक मान्यता अनुसार पर्वको दिन नुन, तेल नखाएर वर्त बस्ने चलन छ । यो पर्वमा थारु समुदायको वालबच्चा देखि बृद्धबृद्धासम्म वर्त बस्ने गर्दछ ।

पर्वको दिन नुन तेल खाएमा कुलदेवता रिसाउने र  खेत रोपाई संगै बिश्राम लिने महिना भदौ भएकाले एक दिन दहि च्युरा खाएर पर्व मनाउने प्रचलन रहेको थारु कल्याणकरीणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले बताए  ।

उनका अनुसार धारा, कुवा, ईना, ताल, खोला लगायतका पानीको श्रोत भएको ठाउँमा बिहानै स्नान गरेर प्रकृती र कुलदेवतालाई पुजा प्रथाना गरी विभिन्न गुलियो  परिकार तथा फलफुलहरु बिधिवत रुपमा चढाइ प्रसादको रुपमा खाने गर्दछन् । धार्मिक मान्यता अनुसार बालबच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा बृद्धिको लागि समयमा बर्षा होस, धानवालीमा रोग नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाईने चलन छ ।

त्यस्तै वैज्ञानिक दृष्टिकोण वाट पनि यो पर्वलाई उत्तम मानिन्छ । थारु समुदाय बिशेष गरेर खेतिपातीमा निर्भर भएको हुनाले बर्षको समयमा खेती रोपाईको क्रममा कृषकले नुन र तेल बढी खाने गरेको हुदा प्रेसर बढ्ने भएकोले एक दिन नुन र तेल नखाई गुलियो खानेकुरा खादा प्रेसरमा सन्तुलन आउने विश्वास गरिन्छ ।

प्रतिक्रिया

%d bloggers like this: