शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

घण्टाघर संरक्षणको अभावमा जीर्ण बन्दै

भदौ १ गते ।

ब्रिटेनबाट घडि मगाई तत्कालीन राणा प्रधानमन्त्री वीर शमसेरले रानीपोखरी छेउमा घण्टाघर बनाएको थियो ।

घण्टाघरको घडीले १२ बज्दा टुँडिखेलमा सेनाले तोप पड्काएर समयको जनाउ दिने प्रचलन रहेपनि देशमा भएका राजनीतिक परिवर्तनहरूले त्यसता प्रचलनमा फेरबदल भएको हो ।

पछिल्लो सयमको प्रविधि विकासले समयको जानकारी लिन घण्टा घरबाट निस्कने आवाजको प्रतीक्षा गनु परेको छैन ।

त्यो बेला समयसूचक बनेको घण्टाघरको ऐतिहासिक र पुरातात्त्विक महत्त्वमा भने कमी आएको छैन । तर सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय नहुँदा त्रिचन्द्र क्याम्पस हाताभित्र रहेको घण्टाघर जीर्ण बन्दै गएको छ ।

पुरातत्व विभाग अन्तर्गत सञ्चालन भएको घण्टाघरका समयानुकूल मर्मत सम्भार नहुँदा ३२ वर्षदेखि यसको रेखदेख गर्दै आएका प्राविधिकहरु चिन्तित भएका छन् ।

भूकम्प र आगलागीकाकाटा पटक–पटक क्षतिग्रस्त भएको घण्टाघरको संरक्षणका लागि सरकारी निकायले प्रतिबद्धता व्यक्त गरेपनि काम हुन सकेको छैन ।

प्रतिक्रिया

%d bloggers like this: