शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

अचुक औषधी आलुको बोक्रा

सवैले र सवै तरकारीमा प्राय प्रयोग हुने आलुको बोक्रामा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले स्वास्थ्यमा मात्रै होइन सौन्दर्यका लागि पनि काम गर्दछ ।

क्याल्शियम, भिटामिन सी, बी कम्प्लेक्सका र आइरनको मात्रा पनि अत्यधिक पाईन्छ । त्यसैले आलुुको बोक्रा खानाले शरीरमा कमि भएका पूर्ती गदर्छ । यसले डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि पनि प्रयोग गरिन्छ ।

यसले कुन–कुन रोगलाई नियन्त्रण गर्दछ र के फाईदा निम्नानुसार छ ।

१. तौल कम

फाईवर युक्त हुने भएकाले आलु बोक्रासँगै खादा शरीरले कार्बोहाइड्रेटको सथ फाइबर पनि पाउँछ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोग गर्दछ भने नसा पनि बलियो बनाउँछ ।

२. रक्तचाप कम

पोटाशियम र भिटामीन सि आलुमा पाईन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने काम नगर्नुहोस् ।

३.रक्तअल्पत्ता नियन्त्रण

आलुको बोक्रामा आइरन अत्यधिक हुने भएकाले यसले रगतको कमी ठिक गर्दछ ।

४. पाचन क्रिया राम्रो

अत्याधिक फाईवर हुने भएको पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ भने कब्जियत लगायतका रोगबाट पनि जोगाउँछ ।

५. ऊर्जाले भरिभराउ

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ ।

६. डार्क सर्कलबाट जोगाउने

आँखा मुनी बसेको कालो घेरा र घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ ।

७. केश कालो राख्ने

फुलेको कपाललाई ठिक गर्न एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्ने । पानी एक वा दुई चम्चा भएपछि त्यसलाई कपालमा पटकपटक लगाउनाले केश कालो हुँदै जान्छ ।

प्रतिक्रिया