सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन काठमाण्डौमा

भदौ २ गते ।  

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं अन्र्तराष्ट्रि सम्मेलन आजबाट हुने भएको छ । काठमाण्डौमा सोमबारदेखि सरु हुने ५ दिने सम्मेलनमा ४३ देशका सहभागिहरुले सहभागिता जनाउने भएको हो ।

सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ । सम्मेलनमा बिभिन्न कार्यपत्र पेस हुने छन् । त्यस मध्ये नेपालले तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ ।

सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । सम्मेलनको सम्बोधन गर्न अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू पनि नेपाल आइसकेका छन् ।

यस सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्य राखिएको छ । उक्त सुझाव अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया

%d bloggers like this: