सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

निःशुल्क २ दिने पशु स्वास्थ्य शिविर

शुसिला लामिछाने मगर

ताप्लि/भदौ २ गते ।

उदयपुरको ताप्लीमा पहिलो पटक २ दिने पशु स्वास्थ्य शिविर संचालन भएको छ । वल्र्ड भिजन ईन्टर नेशनलद्धारा नेस्पेक उदयपुरको आयोजनामा पालिकामा शिविर संचालन भएको हो ।

भेट्नरी अस्पताल तथा पशु विज्ञान केन्द्र गाइघाटको प्राविधिक सहयोगमा पालिकाको कुमालटार र राम्पुरमा शिविर सन्चालन भएको पालिकाले जनाएको छ । उक्त शिविरमा बोका, बाख्रो, गाई, भैंसी, कुकुर लगायतका घरपालुवा पशुहरुको चोक जाँच गरिएको थियो ।

पालिकाको १, ३, ४ र ५ नम्बर वडा र कटारी नगरपालिकाको ९ नम्बर वडाको पशुहरुको चेक जाँच गरीएको थियो । निःशुल्क चेक जाँच गरी कुनै प्रकारको रोग भेटिएमा आवश्यक औषधि पनि वितरण गरेको पालिकाले जनाएको छ ।

गाउँमै पशूहरुको स्वास्थ्य शिविर संचालन भएपछि कृषिकहरु खुसी र उत्साहित भएका छन् । अरु बेला पशुलाई चेक जाँच नगरी पसलको औषधी किनेर खुवाने गाउँलेलाई शिविरले सचेत गराई ज्ञान दिएको बुद्धिजिवी जन्मजय राईले बताए ।

उक्त शिविरबाट कुमालटारमा ९३ वटा र रामपुरमा ७५ वटा पशुको स्वास्थ्य परिक्षण गरिएको आयोजले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: