शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

बुलेट खलनायिका सृजना

भदौ २ गते ।

महिला खलनायिका नेपाली फिल्म क्षेत्रमा  कमै भेटिन्छ । खलनायिका कम रहेको फिल्म क्षेत्रमा सृजना रेग्मीले निकै चर्चा बटुलेकि छिन् ।

‘जाइरा’ फिल्ममा खलनायिकाको अभिनय गरेकी नवअभिनेत्री सृजनालाई अहिले ‘बुलेट भिलेन’ का रूपमा चिन्न थालिएको छ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा सृजना ‘बुलेट’ को भूमिकामा छिन् ।

फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । यस  फिल्मबाट निकै आशावादी रहेकी छिन् भने फिल्म एक्सनमा निकै मेहनत गरेको उनको भनाइ छ ।

फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । पर्दामा लभर गर्लको भूमिका रुचाइएकी सृजनाले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।

प्रतिक्रिया

%d bloggers like this: