शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

हत्याराबाट पैसा लिन खोज्ने एक महिला पक्राउ

भदौ २ गते । 

भोजपुरमा श्रीमानको हत्याका घटना लुकाउन हत्यारासँग पैसा लिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका – ४ सिद्धेश्वर दावा निबासी मीना मिजार सार्कीले श्रीमानको हत्यारासँग लिएको आरोपमा पक्राउ परेको हो ।

मिनासहित घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरमा धकेलेर हत्या गरेपछि घटना लुकाउन छिमेकी हरिबहादुर लम्सालले अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ ।

मृतक पूर्णबहादुरकी श्रीमती मीनाले अभियुक्त रम्तेलसँग पैसा मागेको वयानमा खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले २ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मिनाले श्रीमानको हत्याराबाट लिएको पैसा सदरमुकामको एक सहकारी संस्थामा १ लाख ७० हजार जम्मा गरेको र ३० हजार रुपैयाँ सासूलाई भैँसी किन्न दिएको बयानमा खुलेको छ ।

प्रतिक्रिया