शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लागु औषध सहित २ जना पक्राउ

सनुसरी, भदौ २ गते ।

सुनसरीको धरानमा कारमा लुकाईछिपाई लैजादै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ तिनकुनेमा चेक जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

गतराती करिब १२ बजे ईटहरीबाट धरान तर्फ आउदै गरेको को २ च १०२१ नम्बरको कारलाई  चेकजाँच गर्ने क्रममा धउनपा –१५ निबासी ३९ वर्षीय रुभिन श्रेष्ठ र कारमा सवार धउनपा – २ निबासी ५६ वर्षीय बनबरीलाल शर्माले पक्राउ परेको प्रहरीले जनाएको छ ।

लाईलेक्स २८ बोतल उनीहरुको साथबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेको दुवै जना र लागु औषध ओसारपसारमा संलग्न कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया