बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

प्रकाश बचाइदिन परिवारको आग्रह

उदयपुर /भदौ ,३

खोटाङको  साकेला गाउँपालिका वडा नं २ रतन्छाका प्रकाश राई बिरामी भएर थलिएको दुईमहिना भयो  । घरमा आर्थिक अवस्था कम्जोरी भएकै कारण उनको अहिले उपचारमा समस्या भएको छ । करिब चौध लाख रकम उपचारको क्रममा सकिएपछि परिवार बाट अरु आर्थिक जुटाउन नसकि रहेको अवस्था छ । अझै ४ महिना हस्पिटलमै बसेर उपचार गर्नु पर्ने डाक्टरले सल्लाह दिएपछि परिवार आर्थिको लागि भौतारिरहेको छ । जापानिज इन्सेफ्लाईटिस रोगले ग्रस्त भएको राईको अहिले काठमाण्डौको वीर हस्पिटलमा आइसियुमा राखेर उपचार भईरहेको छ ।

परिवारका अविभावक नै विरामि भएर थलिएपछि दुईओटा छोरीहरु र श्रीमतीको समेत विजोग भईरहेको छ । सबै रकम उपचार मै सकिएपछि थप उपचारको लागि परिवारले सबै सँग धेरै थोरै आर्थिक सहयोगको अपेक्षा गरेको छ । देश विदेशमा रहनु हुने सम्पूर्ण मनकारी नेपालीहरु संघ संस्था, व्यक्ति लगाएतलाई परिवारले सहयोगको याचना गरेको हो । उपचारको क्रममा कोठमाण्डौको पाटन हस्पिटल, अल्का टु गर्दै अहिले राईको वीर हस्पिटलमा उपचार भईरहेको परिवारले बताएको छ ।

सामान्य लडेको निउमा बल्झेको बिरामले  राईको जापानिज इन्सेफ्लाईटिस रोगको रिपोर्ट हस्पिटलले निकालेको छ । कहि कतै बाट मनकारी नेपालीहरुले सहयोग गर्ने मन भएमा प्रकाशको श्रीमती स्मिता राईलाले ९८११७४०४९१ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन् ।

 

प्रतिक्रिया

%d bloggers like this: