सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सगरमाथा र गैँडाको नेपाली नाम प्रयोग गर्न, प्रधानमन्त्रि केपी शर्मा ओलीको आग्रह

भदौ ३ गते ।

एशिया प्रशान्त क्षेत्रका महानिर्देशकहरूको सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओली सगरमाथा र गैँडाको नेपाली नाम प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

काठमाण्डौमा सोमबार भएको अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) एशिया प्रशान्त क्षेत्रका महानिर्देशकहरुको सम्मेलनमा बोल्दै प्रम ओलीले आग्रह गरेको होे ।

नेपाल सगरमाथाको देश भएकाले (माउन्ट एभरेष्ट)को वास्तविक नाम सगरमाथा हो । नेपालीहरु सगरमाथा भन्न रुचाउँछन् । नेपालमा यस्ता धेरै अग्ला चुचुराहरु पनि रहेको प्रधानमन्त्रि ओलीले बताए । उनले भने हामीसँग त्यस्तै अर्को गैँडा पनि छ । राईनो होईन गैँडा हो । १० वर्षमा बाघको संख्या दोब्र बनाई गैँडाको संरक्षणमा लागेको बताएका थिए ।

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले व्याङ्ग्यात्मक टिप्पणी पनि गरेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: