सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

आजको राशिफल

वि.सं. २०७६ भदौ ४ गते बुधबार, इ.स. २०१९ अगस्ट २१, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष सप्तमी तिथि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरुको आजको दिन अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर प्रप्त हुने छ । विवादास्पद कामको जिम्मेवारी लिनाले धन लाभ भएपनि अत्मसम्मानमा बाधा हुने छ । स्वास्थ्यका लागि खर्च बढ्ने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा)

यो राशी हुनेहरुको लागि आजको दिन खर्च बढाउनेछ । विश्वासमा धोका पाईएला । काम बढी गर्नु पर्ला । व्यापारमा लगानी बढी नाफा कम हुने छ । अवसरवादीहरूबाट सजग रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यो राशि हुनेहरुको लागि आजको दिन अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान जाने छ । प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट राम्रो नाफा लिन सकिने छ । नयाँ कामतर्फ अग्रसर हुने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कर्कट राशि हुनेहरुको लागि आजको दिन तारिफयोग्य कामले चर्चा होला । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ । पुरानो मित्रताले प्रेम सम्बन्ध कायम होला । दिगो काममा जग बसाउने अवसर आउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो राशि हुनेहरुको लागि आजको दिन आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्ला । आफ्नो कामलाई निरन्तरता दिदा राम्रो होला । मिहिनेतले उपलब्धिको स्रोत भेटाईने छ । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पा)

यो राशि हुनेहरुको आजको दिन सानातिना समस्याले केही अप्ठ्यारो बनाउला । स्वास्थ्यमा समस्या आउला चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले दौडधुप गराउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो राशि हुनेहरुको आजको दिन बसुन्दर पहिरन, आकर्षक व्यक्तित्व र राम्रो कामले नाम कमाउन सकिएला । उपहार प्राप्त होला । घुमफिर तथा मनोरञ्जनको योग रहेको छ । मित्रता र प्रेमको बन्धन बलियो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बृश्चिक राशि हुनेहरुको आजको दिन शत्रुहरू स्वत किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी प्रप्त हुने छ । स्वास्थ्यमा सुधार अउनुका साथै काममा उत्साह जाग्नेछ।  मिहिनेतले प्रशस्त फाइदा हुने छ । दिगो आर्थिक लाभ हुने र नयाँ योजना शुभारम्भ गर्ने योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यो राशि हुनेहरुको आजको दिन अवसरले प्रप्त होला । प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । साथ सहयोग टाढिने छ । अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा होला । मिहिनेत गरे केहि काम बन्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यो राशि हुनेहरुको आजको दिन नियमित काम सम्पादन हुने छ । थोरै पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ । अनावश्यक नाता जोड्ने देखि टाढा रहेको राम्रो । नबुझि नबोल्नु होला । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो राशि हुनेहरुको आजको दिन छोटो समयमा विशेष उपलब्धि हात लाग्नेछ । विभिन्न स्रोत साधन प्राप्त होला । गरेका कामको राम्रो नतिजा पाईएला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग रहेको छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने अवसर आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरुको आजको दिन आत्मविश्वासको साथ काम गर्नु होला । वादविवादबाट टाढा रहनुहोला । पैसाको समस्याले केहि काममा बाधा पुग्ला । गोपनीयतामा ध्यान दिनु होला । मिहिनेत गर्नाले भविष्यमा नाम र प्रतिष्ठा मिल्ने योग रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: