शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

आजको राशिफल

वि.सं. २०७६ भदौ ५ गते बिहीबार, इ.स. २०१९ अगस्ट २२ तारिख, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्षको सप्तमी तिथि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा बाधा होला । पहिलेको सफलतामा हौसला प्रदान होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । गोपनीयतामा ध्यान दिनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

छरछिमेकमा असमझदारी बढ्ने योग रहेकाले होसियार गरेर काम गर्नु होला । फाईदाको लागी केहि कुरा त्याग्नु पर्ने र खर्च बढ्नेछ । फाइदाका पछि लाग्दा समस्या आउला । लामो यात्रा गर्ने योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन प्राप्ती होला । कामको उल्लेख्य फाइदा हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने याग रहेको छ । व्यापार व्यावसायमा फाईदा हुने छ । मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुने छ । विभिन्न अवसर पाईएला । दिगो काममा जग बसाउने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, ट)

काममा बाधा होला । अनावश्यक खर्च होला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सोच विचार विना काम गर्नाले समस्या आउन सक्छ । स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन गाह्रो हुने छ । अध्ययनमा समय दिन नसकिएला । कामको उचित मुल्य नपाईएला ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानी बढाउने काम सुरुको थालिनी हुने छ । प्रेम र मित्रताको बन्धन गाढा बन्ला । व्यवसायमा राम्रो प्रगति हुने छ । साथीभाइको सहयोग मिल्ने छ । धन तथा ज्ञानको भण्डारमा बृद्धि हुने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिगो फाइदा हुने कामको थालनि हुने छ । मिहिनेत विजय हासिल गर्न सकिने छ । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । शत्रुहरु कमजोर हुने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतले अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । काममा बाधा आउला । नयाँ कामतर्फ आकर्षित हुने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नसोचि बचन दिने बानीले समस्या आउला । तत्कालको फाइदा हेर्दा परिस्थिति समस्या होला । महत्त्वाकांक्षी योजना सार्वजनिक नगरेकै राम्रो होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धर्यता गर्नाले राम्रै अवसर मिल्ने छ । साथीभाइको सहयोग प्राप्त होला । दिगो कामको सुरुवात होला ।  व्यापारमा लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने छ । प्रतिस्पर्धीहरूले हार व्यहोर्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँट र हिमत गर्न नसक्दा अरुको सहयोग चाहिनेछ । अरुको भरपर्दा काम अधुरो रहला । लेनदेन तथा हिसाबकिताबमा सचेत रहनु होला । दिगो कामको सुरुवात गर्न केही समय पर्खनुपर्नेछ ।

प्रतिक्रिया