सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

सरकारी विज्ञापनमा अङ्कुश लगाउने व्यावस्था

भदौ ५ गते ।

सरकारले निजी मिडियालाई दिने सरकारी विज्ञापन नियन्त्रण गर्न सक्ने व्यावस्था गरेको छ । प्रनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर विज्ञापन नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको हो ।

बुधबार समितिले पारित गरेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनुसार विज्ञापन बोर्डमा सरकाले नियुक्त गरेका प्रतिनिधि रहने व्यावस्था गरिएको छ । त्यसले सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई अंकुश लगाउन सक्ने देखिएको छ ।

विधेयकको दफा ३६ मा रहेको व्यवस्थाले ऐन कार्यान्वयनका लागि बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले भने बोर्डले नयाँ मापदण्ड ल्याएर सरकारी मिडियालाई मात्रै विज्ञापन दिने निर्णय गर्न सक्ने पनि सक्छ ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया