शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

लिटिल आईकनको ग्राण्ड फिनाले भदौ ७ गते हुने

उदयपुर, भदौ ५ गते ।

किशोरी तथा बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटनको मुख्य उद्देश्यसहित उदयपुरमा जारी मिस्टर एण्ड मिस लिटिल आईकनको दोस्रो संस्करणअन्तर्गत ग्राण्ड फिनाले भदौ पहिलो साता हुने भएको छ । बिभिन्न ४० प्रतियोगी समभागी प्रतिस्पर्धाको अन्तिम प्रस्तुती यही भदौ ७ गते गाईघाटको शुभलक्ष्मी हलमा आयोजना हुने भएको हो ।

विङ्स इन्टरटेनमेन्टको प्रस्तुतीमा ताल डान्स हाउसले आयोजना गरेको आईकन २०१९ लाई यामाहा कम्पनीले शीर्ष प्रायोजन गरेको छ । ‘सानैछु बढ्नदेऊ, बालबिवाह हैन पढ्न देऊ’ भन्ने नारासहित प्रतियोगितामार्फत बाल तथा किशोरी प्रतिभा उजागर हुने आयोजकको भनाई छ ।  त्यस्तै वल्र्ड्भिजनले पनि सहयोग गरेको छ । त्यसैगरी कार्यक्रमलाई सुमित्रा अटोवक्र्स, न्यू क्रियटिभ इन्जीनियरीङ कन्सल्टेन्सी, त्रियुगा उद्योग वाणिज्य संघ, इम्प्रेशन होटल, जेसिज उदयपुरलगायतले पनि सहयोग गरेको छ । त्यस्तै इम्पेरर, मादेवी ट्रेर्डस एण्ड सर्जीकल सप्लायर्स र इन्जोय क्याम्पलगायतले पनि सहयोग गरेका छन् ।

त्यस्तै विजयी प्रतियोगिका लागि छात्रबृत्ति ग्रिनल्याण्ड इन्टरनेशनल कलेजले प्रायोजन गरेको कार्यक्रम संयोजक तथा ताल डान्स हाउसका सञ्चालक मिथुन ठाकुरले जानकारी दिए । त्यसैगरी फिटवेल, श्रेष्ठ फोटोग्राफी, रोशन फोटोग्राफी, ग्रम्हकुमारी राजयोग सेवाकेन्द्र, होटल हिमालय, होटल वल्डदरबार र शुभलक्ष्मी सिनेमा हलले पनि सहयोग गरेका छन् । इन्टरनेट सहयोग टेकमाइन्डस् नेटवर्कले गरेको छ भने बैंकिङ पार्टनरका लागि आईएमई ग्लोबल बैंकसँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय तथा स्थानीय गरी आधादर्जन मिडियापार्टर सहभागी रहेको पनि संयोजक ठाकुरले जानकारी दिए । उनका अनुसार त्रियुगा एक्सप्रेस दैनिक, उपहार एफएम, अमूर्त एफएम, त्रियुगा टाइम्स, उपहारन्यूज डटकम र उदयपुर सिम्रिक दैनिक रहेका छन् भने अनलाई टेलीभिजनका लागि ट्रेन्डिङडोज अनलाईट टिभी, पूर्णपुष्टी टिभी र पव्लीक नेटवर्क अनलाई टेलीभिजनले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: