शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मन्त्रीस्तरीय संयन्त्र बैठक टुंगिएन

भदौ ७ गते ।

नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठकमा कोशी–गण्डक सम्झौतादेखि अल्झेका क्षतिपूर्ति मुद्दा, प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन, पञ्चेश्वर तथा माथिल्लो कर्णालीको थाती मामिला जस्ता विषयमा परिणाममुखी छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाकारी गराएको थियो ।

दुईदिने संयन्त्र बैठक बुधबार एकै दिन टुंगिएको थियो । बैठकले प्रत्यक्ष सवैले देख्ने गरी दुईवटा निर्णय गरेको छ । जुन दुई देशविच खाद्य सुरक्षा तथा गुणस्तर मापदण्डलाई समान हैसियत प्रदान गर्ने समझादारीमा हस्ताक्षर र ४ वर्षअघि कबोल गरेको भूकम्प पुनर्निर्माणका लागि दिइने भनिएको एक खर्ब रुपैयाँमध्ये झन्डै अढाइ अर्बको चेक हस्तान्तरण गरेको थियो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया