शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

हामी नेपाली अमेरीकामा अभियान

भदौ ७ गते ।

अमेरीमा रहेका नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अभियानको रुपमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा आगामी नाभेम्बर २३ तारिखको दिन ‘हामी नेपाली परेड’ नाम दिंँदै कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा पञ्चे बाजा, लाखे नाच, झाँकी प्रदर्शन लगायतका विभिन्न नेपाली जातजातिहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशन गरिने ‘हामी नेपाली परेड’ कार्यक्रमका आयोजकले जनाएको छ ।

नेपालमा पर्यटक भित्र्याउने योजनाका साथ सरकारले थालेको अभियान सफल पार्न अमेरिकामा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरिसकिएको आयोजकले जनाएको छ ।

क्यालिफोर्नियामा नेपाली आवद्ध सम्पूर्ण संघसंस्थालाई सहआयोजकका रुपमा सहभागी गराइ प्रभावकारी बनाउने तयारी भइरहेको आयोजक कमिटिले जनाएको छ ।

प्रतिक्रिया