सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

मनमोहक दूधकुण्ड

भदौ ७ गते ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मनै लोभ्याउने दुधकुण्ड ताल खासै विकास भएको पाईदैन । प्राकृति सौदर्यतासँगै किराँत, हिन्दु, बौद्ध धर्मलम्बीहरको एक आस्थाको धरोहर पनि हो ।

समुन्द्रि सतहदेखि करिब ४७ सय मिटर उच्चाईमा असंख्य हिमालहरुको काखमा रहेको तालमा पुजा आरधना गर्न र तालको सौदर्यतासँग खेल्न अनि रमाउन विभिन्न जिल्लाबाट समेत आउने गरको छ ।

सोलुखुम्बुको टाक्सिन्दु नुम्बुर तथा कार्यालुङ हिमालको काखमा दूधकुण्ड ताल अवस्थित छ । दुवै हिमालबाट आएको पानी जमेर ताल निर्माण भएको हो ।

धार्मीक महत्व बोकेको तालमा प्रत्यक वर्षको जनैपूर्णिमा मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर तथा काठमाण्डौबाट मानिसहरु र विदेशी पर्यटकहरु पनि तालको सुन्दरता हेर्न आउने गर्दछन् ।

सुन्दर ताल, नजिकैबाट देख्न सकिने २ वटा हिमाल रहेको प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ नेपालको अन्य ठाउँ मध्ये एक हो । ताल पुग्न सदरमुकाम सल्लेरीबाट पैदल हिडर करिब २० कोश पार गर्नु पर्दछ । प्राकृतिक सौदर्यताले भरीपुर्ण भएपनि प्रचारप्रसारको अभावमा दूधकुण्ड ताल गुमनाम अवस्थामा रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: