शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

जी सेभन शिखर सम्मेलनमा इरानी विदेशमन्त्रीको भ्रमण

भदौ ९ गते ।

फ्रान्समा भएको जी सेभन शिखर सम्मेलनमा इरानका विदेशमन्त्रीले संक्षिप्त भ्रमण गरेको छ । विश्वका सात ठूला अर्थतन्त्र भएका राष्ट्रहरुको सम्मेलनमा ईरानका विदेश मन्त्रि जावेद जरिफ सहभागी भएको हो ।

सम्मेलनमा अमेरिकी राष्ट्रपतिसहित नेताहरू भेला भएका थिए । विदेशमन्त्रि जरिफको भ्रमणले अमेरिकी प्रतिनिधिमण्डल आश्र्चयचकित भएको छ । ईरानसँग अमेरिकाको तनाव चलेको बेला राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा जरिफले सहभागिता जनाएका हुन् ।

जरिफले एक ट्विट गर्दै फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग रचनात्मक वार्ता भएको जनाएको छ । अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ भने जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि संक्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन् ।

वाशिङ्टनले सन् २०१५ मा इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउने सम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध बिग्रिएको थियो । फ्रान्ससहित अन्य पाँच राष्ट्रहरू इरानसँगको उक्त सम्झौतामा प्रतिबद्ध छन् ।

ईरानले अमेरिकाले आफूविरुद्ध आर्थिक प्रतिबन्धहरू थप कडा बनाएको भन्दै आफ्ना पारमाणविक गतिविधिहरू बढाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: